काठमाडौँ– एन्टी एजिङ अर्थात बुढ्यौली हटाउने सूत्र पत्ता लगाएको अन्तर्राष्ट्रिय मिडियाहरूले दाबी गरेका छन् । ब्रायन जोन्सन नामका एक प्रविधि उद्यमीले जवान देखिने त्यो गोप्य सूत्र पत्ता लगाएको बताएका हुन् ।
उनले उक्त गोप्य सूत्रबाट आफ्नो जैविक उमेरलाई उल्टाउन सफल भएको जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । जवान देखाउने उक्त सूत्र को नाम उनले प्रोजेक्ट ब्लूप्रिन्ट राखेको बताइएको छ ।
यो सूत्रअनुसार आफूलाई जवान देखाउन विशेष भोजनसँगै दैनिक एक सय भन्दा धेरै चक्कीहरू खानुपर्दछ ।
जसमा ड्रिंक्स मिक्स, प्रोटिन, ८ वटा चक्की, स्नेक आयल, ६७ प्रकारका शक्तिशाली थेरापी तथा ४ सय क्यालोरी सामेल रहेको बताइएको छ ।
एक हजारभन्दा धेरै क्लिनिकल ट्रायलबाट उक्त सूत्र तयार भएको र त्यसमा आफूले निकै गहन अनुसन्धान गरेको उनको दाबी छ । सिलिक भ्यालीका पूर्वकार्यकारी जोन्सन जवान देखिने आफ्नो सनकीपनलाई लिएर चर्चामा आइरहने व्यक्ति हुन् ।
जवान बनाउने उनको यो उत्पादन अमेरिका, अस्ट्रेलिया, क्यानडा, विभिन्न युरोपेली मुलुकहरूसँगै युएईलगायतका २३ देशमा उपलब्ध रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया