मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौँ – अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ । इजरायलले इरानमाथि जवाफी आक्रमण गरेको खबर आइरहेका बेला अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको हो ।

इरानले भने हवाई आक्रमण नभएर इजरायलले आफ्नो भूमिमा ड्रोन मात्र उडाएको बताएको छ । यो दाबीपछि अष्ट्रेलियाले इजरायलमा रहेका आफ्ना नागरिकलाई इजरायलविरुद्ध सैन्य र आतंकवादी हमलाको खतरा रहेको बताउदै छोड्न निर्देशन दिएको हो ।

अस्ट्रेलियाको विदेश मन्त्रालयले भनेको छ ‘हामी इजरायल र इजरायल नियन्त्रित प्यालेस्टाइनमा रहेका अष्ट्रेलियाली नागरिकहरूलाई देश छोड्न अपील गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?