काठमाडौँ – ‘पूर्ण बहादुरको सारङ्गी’ फिल्म निर्माण हुने भएको छ। शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।
नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले बनाउन लागेको यो फिल्मलाई २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
पोस्टरमा ग्रामीण भेगको बाटोमा एक व्यक्ति सारङ्गी र बच्चा बोकेका हिँडेका छन्। अगाडि बुढो रूख देखिएको छ।
जसले सारङ्गी बजाएर गुजारा चलाउने परिवारको बाध्यता र सन्तानप्रतिको त्यागको कथा फिल्मले प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ। जहाँ निर्माण पक्षले पनि यो फिल्म मौलिक कथामा निर्माण हुने बताएको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्न लागेका हुन्।
रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको सङ्गीत रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया