गर्मी महिना लागिरहेको छ । यो समयमा चर्को घाम, बर्खे झरी,हावा–हुरी लाग्ने गर्दछ । यसकारण हामीले आफ्नो खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।
यस्तो समयमा हामीले खानपानमा ध्यान दिन सकिएन भने झाडापखाला र हैजाजस्ता सङ्क्रामक रोग लाग्ने खतरा हुन्छ । त्यसैले यी रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन आवश्यक छ ।
–पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याब्लेट हालेर खाऔँ
–चर्पीमा मात्र दिसा पिसाब गरौँ
–बासी र सडे गलेका खानेकुराहरू नखाऔँ
–जथाभाबी फोहोर नफालौँ
–दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहर छोएपछि, खाना बनाउनु, खानु र खुवाउनुअघि साबुन पानीले मिचीमिची हात धोऔँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया