मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नासाका अनुसार कति छ पृथ्वीको वजन ? 

काठमाडौँ– तपाइले कहिल्यै सोच्नु भएको छ , हाम्रो पृथ्वीको तौल कति होला । हाम्रो पृथ्वीमा कैयौँ प्रकारका सजीव तथा निर्जीव वस्तुहरू रहेका छन् ।

यस्तो अवस्थामा हाम्रो पृथ्वीको कुल वजन कति छ भनेर हालसम्म कसैले पनि यकिन तथ्य भने पत्ता लगाउन सकेको छैनन् । 

तर वैज्ञानिकहरूको दाबी अनुसार वास्तवमा पृथ्वीको वजन उसको गुरुत्वाकर्षण शक्तिमा निर्भर गर्दछ । यसको मतलब पृथ्वीको वजन लाखौँ करोड किलोग्राम हुनसक्छ ।

अमेरिकी अन्तरिक्ष निकाय नासाले भने पृथ्वीको वजन ५.९७२२ गुणा १०२४ केजी रहेको दाबी गरेको छ । जसलाई १३.१ सेप्टिलियन पाउण्ड पनि भनिन्छ । 

सन् १७९७ मा वैज्ञानिक हेनरी केभिन्डिसले पृथ्वीको वजन १३.१ सेप्टिलियन पाउण्ड रहेको बताए ।

वैज्ञानिकहरूका अनुसार अन्तरिक्षबाट आउने धुलो तथा वायुमण्डलबाट बाहिर निस्किने विभिन्न प्रकारका ग्याँसहरूका कारण पृथ्वीको वजन केही तलमाथि भने भइरहन्छ । 

विश्वका भू – वैज्ञानिकहरू आज पनि पृथ्वीको यकिन वजनका विषयमा एकमत छैनन् । यस्तै अमेरिकाको नेशनल इन्स्टिच्युट अफ स्टाण्डर्ड एण्ड टेक्नोलोजीका नापतौल विज्ञ स्टिफन श्लेमिंगरका अनुसार यसमा न्युटनको गुरुत्वाकर्षणको नियम लागु हुन्छ ।

जुन नियमका अनुसार पृथ्वीमा रहेका हर कोही चिजको वजन भनेको उसको गुरुत्वाकर्षण शक्ति हो । 

वैज्ञानिकहरूले यो सूत्र अनुसार पनि पृथ्वीको वजनको गणना गरे पनि विश्वसनीय उत्तर भने आएन ।

पृथ्वीको सही वजनलाई लिएर वैज्ञानिकहरुबीच विवाद तथा असहमति भए पनि सही वजन थाहा नहुँदासम्म नासाले दाबी गरेको केजीलाई नै पृथ्वीको वजन मानिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?