मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामाजिक सञ्जालः सुमना श्रेष्ठले च्यातिएको सर्ट लगाएको विषयमा किन भइरहेको छ बहस?

काठमाडौँ– केही दिनदेखि सामाजिक सञ्जालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको एक तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

सामाजिक सञ्जाल फेसबूक र एक्स (साबिकको ट्वीटर) मा भाइरल भएको एक तस्वीरमा मन्त्री श्रेष्ठले पाखुरामा च्यातिएको सेतो रङ्गको कमिज (सर्ट) लगाएकी छिन् । उक्त तस्वीरलाई जुम गरेर हेर्दा सो कमिजमा केही भाग सिलाएर टालिएको देखिएको छ ।

यो तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा टिप्पणी भइरहेको छ । कतिले यसलाई वैशाख १५ मा इलामको क्षेत्र नम्बर दुईमा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनको माहोल तताउन खोजेको बताएका छन् भने धेरैले यसलाई सकारात्मक कोणबाट लिएका छन् ।

उनी उक्त सर्ट लगाएर इलाममा मतदातालाई भेट्नका लागि पुगेकी थिइन् । उनको तस्वीर शेयर गर्दै धेरैले यसलाई सादगी जीवन भन्दै प्रशंसा गरेका छन् भने केहीले ‘स्टन्टबाजी’ भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री समेत रहेकी मन्त्री श्रेष्ठ उपनिर्वाचनको प्रचारका क्रममा इलाम पुगेकी थिइन् । सामाजिक सञ्जालमा धेरैले भने मन्त्री श्रेष्ठको सामान्य जीवनशैलीको खुलेर प्रशंसा गरेका छन् ।

एक प्रयोगकर्ताले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई सुकिलामुकिलाको बाहिरी आवरणभन्दा भित्री मन सफा भएको मन पर्छ तर मान्छेले शिक्षामन्त्री सुमना श्रेष्ठ इलाम उपनिर्वाचनमा प्रचारमा जाँदा सर्ट र चश्माको चर्चा भएछ ।’

कतिपयले सामाजिक सञ्जालमा यति सानो कुरामा भन्दा गम्भीर विषयमा बहस हुनुपर्ने तर्क गरेका छन् ।

‘मैले नबुझेको कुरा किन मान्छे यस्तो सानो कुराको पछि लाग्छन्, सुमना श्रेष्ठ आफ्नो कम्फर्ट जोनमा नैतिक काम गर्न पर्छ भन्ने मान्छे हो,’ अर्का एक प्रयोगकर्ताको धारणा छ, ‘उनलाई जे सजिलो लाग्छ, त्यही पहिरन लगाउँछिन्, कहिले सारी चोलो लगाइनन् भनेर इस्यु गर्नपर्ने कहिले टालेको लगाइन् भनेर विरोध गर्नुपर्ने चाहिँ म देख्दिनँ ।’

यस्तै भुपेन्द्र पन्तले लेखेका छन्, ‘भ्रष्टाचार गरेको भए पो नयाँ लुगा लगाउँथे, आफ्नो दुःखले कमाएको पैसा हो नि हजुर, सलाम छ शिक्षामन्त्रीलाई ।’

मन्त्री श्रेष्ठको पहिरनको विषयलाई लिएर यसअघि पनि विरोध हुने गरेको थियो । यद्यपि श्रेष्ठले यसबारेमा कुनै धारणा सार्वजनिक गरेकी छैनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?