मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसीसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् । 

आज पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यस खेलमा युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिस जिसीको ठाउँमा सोमपाल कामी प्लेइङ ११ मा रहेका छन् ।   

नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ । 

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल आजै अपराह्न ४: १५ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?