मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न त आफूलाई मेगास्टार मान्छु, न त सुपरस्टार मान्छु: अनमोल केसी

काठमाडौँ– अभिनेता अनमोल केसीले आफूलाई कुनै ट्याग नचाहिने बताएका छन् । राजधानीमा आयोजित फिल्म ‘फर्की फर्की’ को ट्रेलर रिलिज कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अनमोललाई फिल्म मेकरले मेगास्टार भन्दै प्रचार गर्ने गरेका छन् । अनमोलले भने आफूले अझै पनि अभिनय सिक्दै गरेको समेत बताए ।

‘मैले भर्खरै त दश वटा फिल्ममा काम गरेको छु, सिकिरहेको छु,’ उनले भने । साथै उनले आफूलाई आफूलाई दिइने ट्यागमा कुनै विश्वास नलाग्ने समेत स्पष्ट पारे ।

‘मैले त शुरुदेखि भन्दै आएको हो, न त आफूलाई मेगास्टार मान्छु, न त सुपरस्टार मान्छु, मैले यस्ता ट्यागमा विश्वास गर्दिनँ तर दर्शकले माया गरेर दिनुहुन्छ भने त्यसको पनि सम्मान गर्छु,’ उनले भने ।

साथै उनले फिल्म ‘फर्की फर्की’ मा आफूले पृथक भूमिकामा अभिनय गरेको समेत बताए । फिल्ममा अनमोलले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

जेठ १० गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा रोहित अधिकारीको लगानी छ भने सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्म टाइम ट्राभलको कथामा आधारित रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?