मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भगवान शिवसँग सम्बन्धित यी चमत्कारी उपाय, पूरा हुनेछ मनोकामना

काठमाडाैँ – शिव पुराणका अनुसार रवि प्रदोष व्रतको पालना गर्ने व्यक्तिले शारीरिक तथा मानसिक रोगबाट मुक्ति मिल्छ । साथै हरेक मनोकामना पूरा हुन्छ । यस्तो अवस्थामा मनोकामना पूरा गर्न रवि प्रदोष व्रतमा के गर्नुपर्छ जानौं ।

प्रत्येक मासको कृष्ण पक्ष र शुक्ल पक्षको त्रयोदशीका दिन प्रदोष व्रत गरिन्छ । साताका सात दिनमध्ये जुन दिन परेको हो, त्यसै दिनलाई प्रदोष व्रत भनिन्छ, त्यसैले यसलाई रवि प्रदोष व्रत भनिन्छ। शिवभक्तहरूका लागि यो व्रतको ठूलो महत्त्व छ, किनभने यस दिन भगवान शिव र माता पार्वतीसँगै भगवान गणेशको पूजा गरिन्छ।

ज्योतिष शास्त्र अनुसार यस पटक हिन्दु नयाँ वर्षको पहिलो प्रदोष व्रत वैशाख २१ गते परेको छ । यस दिन भगवान शिवसँगै पार्वतीको पूजा गर्ने चलन छ । साथै मनोकामना पूरा गर्न पनि यो व्रत बस्ने गरिन्छ । यस व्रतको फल तुरुन्त नभई क्रमशः प्राप्त हुन्छ । यस्तो अवस्थामा भोलेनाथको आशीर्वाद प्राप्त गर्नको लागि आजको दिन के-कस्ता उपायहरू अपनाउनु पर्छ जानौं।

रवि प्रदोष व्रतमा गर्नुहोस् यी उपाय

शिवको पूजा गर्नुहोस् :- ज्योतिषका अनुसार रवि प्रदोष व्रतको दिन बिहान सबेरै उठेर स्नान आदि गरी भगवान शिवको पूजा गर्ने । त्यसपछि गंगा जल र काँचो दूधले नुहाउने। पञ्चाक्षरी मन्त्रको पनि जप गर्नुहोस्। यसो गर्नाले भगवान शिव प्रसन्‍न भई तपाईको सबै मनोकांक्षा पूरा गर्दछन्।

हृदय स्तोत्रको १०८ पटक जप गर्नुहोस् :- रवि प्रदोष व्रत सूर्य सम्बन्धी उपायका लागि लाभदायक मानिन्छ। यस दिन आदित्य हृदय स्तोत्रको १०८ पटक जप गर्नाले शुभ फल र राजयोग प्राप्त हुन्छ । दिनमा भगवान शिवको पूजा गरेपछि यो उपाय गर्नुपर्छ ।

शिवलिंगमा त्रिपुण्ड बनाउनुहोस् :- रवि प्रदोष व्रतको दिन पहेँलो चन्दनको लेप बनाइ शिवलिंगमा त्रिपुण्ड बनाउनुहोस्। यसपछि बेलको पातमा मह लगाउनुहोस् र दाहिने हातले शिवलिंगमा चढाउनुहोस्। बेलपत्र अर्पण गर्दा मनको इच्छा भन्नुहोस्। यो उपाय सूर्यास्तको समयमा गर्नुपर्छ। यसो गर्नाले भगवान शिव प्रसन्न हुन्छन् र सुख र समृद्धिको आशीर्वाद दिन्छन्।

भगवान शिवलाई पञ्चामृतले अभिषेक गर्नुहोस् :- प्रदोष व्रतमा भगवान शिवलाई पञ्चामृतले अभिषेक गर्नुहोस्। यसका साथै देवी पार्वतीलाई सोह्रवटा श्रृंगार वस्तुहरू चढाउनुहोस्। यसो गर्नाले व्यक्तिको वैवाहिक जीवनमा खुशी रहन्छ र मानसिक तनाव पनि हट्छ।

सेतो वस्तु दान गर्नुहोस् :– रवि प्रदोष व्रतमा दानको पनि विशेष महत्व छ । त्यसैले रवि प्रदोष व्रतको दिन दूध, दही, भात जस्ता सेतो वस्तु दान गर्नुहोस्। यसले जागिरमा पदोन्नतिको सम्भावना बढेको विश्वास छ । आइतबार भएकाले गहुँ, जौ, तामा, रातो फूल पनि दान गर्न सक्नुहुन्छ ।

शिव प्रदोष स्तोत्रको पठन :- शिव पुराणका अनुसार रवि प्रदोष व्रत गर्नाले मानिसलाई शारीरिक तथा मानसिक रोगबाट मुक्ति मिल्छ । साथै हरेक मनोकामना पूरा हुन्छ । यदि तपाई पनि आफ्नो मन परेको वर प्राप्त गर्न चाहनुहुन्छ वा कुनै मनोकामना पूरा गर्न चाहनुहुन्छ भने रवि प्रदोषको दिन विधि अनुसार भगवान शिवको पूजा गर्नुहोस् । साथै पूजा गर्दा शिव प्रदोष स्तोत्रको पाठ पनि गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?