मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: विश्व सम्पदा दिवस

एक हजार ३ सय ३६ मिटर लामो धागोमा बेरिए ललितपुरका मेयरदेखि स्थानीयसम्म (फोटो फिचर)

ललितपुर– १३ सय ३६ मिटर कलात्मक धागोमा मेयरदेखि स्थानीयसम्म बेरिएर प्रतिस्थापन कला प्रदर्शनी गरिएको छ ।

बिहीवार विश्व सम्पदा दिवसका अवसरमा कलाकार मनिषलाल श्रेष्ठले अवधारणामा बनेको ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलालाई पाटनढोकाबाट ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका थिए ।

उद्घाटन समाराेहमा मेयर महर्जनले सबैकाे सहकार्यमा ललितपुर महानगरलाई समृध्द बनाउनुपर्ने धारणा राखे ।

समुदाय कला अन्तर्गत ‘हेरिटेज वाक’मा ललितपुर वाणिज्य संघका पदाधिकारीदेखि दुई सयभन्दा बढी स्थानीयहरु सहभागी थिए ।

कलाकार श्रेष्ठले ‘समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौंलाई केन्द्रमा राखेर कलाको अवधारणा बनाएका हुन् ।

जसले काठमाडौंको सांस्कृतिक तथा सामाजिक विविधतामा एकता ल्याउने श्रेष्ठको भनाइ छ ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?