मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुई हानेको खरबुजाको बजारमा बिगबिगी, कसरी चिन्ने  ?

गर्मीको मौसम शुरु भयो । यतिबेला बजारमा छ्याप छ्यापछ्याप्ती खरबुजा आउन थालेका छन् ।

हरेक पटक खरबुजा किन्दा हामी पसलेलाई खरबुजा रातो त छ नि ? खल्लो पो छ कि भनेर सोध्छौँ ?

तर खरबुजा रातो हुँदैमा यो प्राकृतिक रूपमा पकाइएको वा शरीरको लागि स्वस्थ छ भनेर चाहिँ सोच्नु हुन्न । रातो खरबुजाको ठाउँमा हामीले विष खाइरहेको पनि हुनसक्छ ।

बजारमा सुई हालेर रातो पारिएको खरबुजा बिक्री भइरहेको हुनसक्छ । रातो बनाउनका लागि सुई हालिएको खरबुजाले उल्टै क्यान्सर जस्ता रोग निम्त्याउन सक्छन् ।

खरबुजा रातो हुनु भनेको यो राम्ररी पाकेको सङ्केत हो । तर कलिलैमा टिपिएको खरबुजालाई पाकेको देखाउन वा मिठो छ भन्ने पार्न खरबुजामा सुई हाल्ने गरिएको छ भनेर हामीले बेला बेलामा सुन्दै आएका छौँ । खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ । 

यो केमिकल फलमा प्रयोग गर्नु हुन्न । यस्तो खालको रङ्ग हालिएको खरबुजाको सेवनले क्यान्सर जस्ता घातक रोग लाग्न सक्छ । आजको यस लेखमा हामीहरू सुई लगाइएको खरबुजा चिन्ने तीन वटा तरिकाबारे कुराकानी गर्न गइरहेका छौँ ।

पहेँलो दाग भएको खरबुजा छान्नुहोस् :

हामी प्रायः चम्किलो वा पूरै हरियो भएको खरबुजा किन्छौँ । तर खरबुजा छान्दा पहेँलो दाग भएको छान्नु पर्छ । खरबुजा प्रायः माटोमाथि टुसुक्क बसेका हुन्छन् । यसकारण यो हिस्सामा पहेँलो दाग बस्छ ।

घरमा खरबुजा ल्याएपछि काटेर हेर्नुस् । यदि खरबुजाभित्र ठुलो दरार देखिएको छ भने बुझ्नुहोस् यो खान लायक छैन । खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ ।

खरबुजालाई काटेर एउटा सानो टुक्रालाई पानीमा हालेर परीक्षण गर्नुहोस्। पानी तुरुन्तै रातो भयो भने बुझ्नुहोस् खरबुजामा इन्जेक्सन हालेर रातो पारिएको हो ।

खरबुजा काटेर कपासको सानो टुक्रालाई त्यसमाथि राखिदिनुहोस् । कपासमा रातो रङ्ग सर्‍यो भने पनि बुझ्नुहोस् यो खरबुजा केमिकल हालेर पकाइएको हो ।

अब बुझौँ के हुन्छ त एरिथ्रोसिन रसायन भएको खरबुजा खाँदा ?

एरिथ्रोसिन रसायन हालिएको खरबुजा खाँदा वाकवाकी लाग्ने, बान्ता हुने, भोक नलाग्ने जस्ता समस्या हुन सक्छन् । लामो समयसम्म एरिथ्रोसिन सेवन गरिरहँदा थाइराइड, क्यान्सर जस्ता रोग निम्तिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?