मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन खाने पोलेको मकै ? यस्ता छन् फाइदा

पोलेको मकै, त्यसमाथि नुन र हरियो खुर्सानी पिसेर त्यसमा दलेर खादाँको यसको स्वाद कसलाई मन नपर्ला र ? अहिले पनि वर्षायाम जारी छ ।

यो मौसममा कतिपय मानिस तातो–तातो मकै खान मन रुचाउँछन् । यो मौसममा पोलेको मकै खादाँ धेरै फाइदा पाउन सकिन्छ ।

पोलेको मकै खादाँ यसले स्वादमा धेरै प्रकारको फाइदा हुन्छ । मकै पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्दछ ।

यस बाहेक पोलेको मकैं खानुको के छ त फाइदा ?

– पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो ।

– यसमा पाइने पर्याप्त मात्राको एन्टिअक्सिडेन्टले बढ्दो उमेरको लक्षणलाई रोक्छ ।

– पोलेको मकैमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरसँग लड्न मद्दत गर्छ ।

– पोलेको मकैले बच्चाहरूको शारीरिक र मानसिक विकासमा फाइदाजनक मानिन्छ ।

– यसमा कोलेस्ट्रोलको मात्रा नगन्य हुन्छ, त्यसैले पोलेको मकै खाँदा मुटु स्वस्थ रहन्छ ।

– मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्दा रुघाखोकीमा फाइदा हुन्छ ।

– साथै यसले खोकी लागेको पनि निको हुन्छ ।

– मकै खाइसकेपछि त्यसको खोया भाँचेर सुँघ्दा रुघाखोकी पनि निको हुन्छ ।

– पोलेको मकै खाँदाँ दाँत बलियो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?