सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिँगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धरमरिनु कमजोरीका लक्षणहरू हुन् ।
कमजोरी भएमा खान र गर्न नहुने कुराहरू
रक्सी, चुरोट, चिया, कफी, बढी चिल्लो र मसलायुक्त खाना, सडेगलेका प्लाष्टिकमा प्याक गरिएका खानेकुराहरू खानुहुँदैन ।
खान र गर्न हुने कुराहरू :
दिनहुँ ३र४ लिटर पानी पिउने, प्रशस्त मात्रामा झोलिला पदार्थ खाने, पटक पटक थोरै थोरै गर्दै खाना खाँदै जाने, फलफूलको रस, फलहरूमा केरा, स्याऊ, सुन्तला, मौसम, अम्बा आदि ।
खोन, कुपोषण र रक्तअल्पता भएमा सोही अनुरूप उपचार गर्दै खानाको मात्रालाई अघि बढाउँदै जाने, दाख भिजाएर खाने, सानो मुठीको जति काँचो बदाम र काजु खाने, मुँगीको दाल, गाजर पालुङ्गोको साग उसिनेर मात्र प्रशस्त खाने, दूधमा मह मिलाएर दिनको दुई गिलास बिहान–बेलुका पिउने र सोही अनुरूप उपचार गर्दै जाने हो भने कमजोरी ठिक हुन्छ ।
साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया