काठमाडौँ– केही समययता नेपालमा पनि वर्क फ्रम होमको चलन बढिरहेको छ । वर्क फ्रम होममा धेरै मानिसहरुले ल्यापटप प्रयोग गर्ने गर्छन् ।
अझ बोक्न पनि सजिलो हुने र यताउता पनि लिएर हिँड्न मिल्ने भएका कारण पनि मानिसले कम्प्युटरभन्दा ल्यापटप नै चलाउने गर्छन् ।
घरबाट काम गर्दा होस या अल्छी लागेर ल्यापटपमा केही समय व्यतीत गर्नुपर्दा कतिपय मानिसले काखमा लिएर पनि चलाउने गर्छन् ।
लामो समय पनि बिताउने गर्छन् । तर, विशेषज्ञहरूका अनुसार काखमा रोखेर ल्यापटप चलाउँदा विभिन्न खालका समस्या समेत देखिन सक्छन् ।
काखमा राखेर ल्यापटप चलाउँदा छाला सम्बन्धी समस्या सहित प्रजनन क्षमतामा पनि कमजोरी हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् ।
यसरी काम गर्दा महिलाभन्दा बढी असर पुरुषहरूमा पर्ने विभिन्न अध्ययनले देखाएका छन् । चिकित्सकहरूका अनुसार ल्यापटपमा वाइफाइ जोडिँदा रेडियोग्राफीका कारण यसले हामीलाई असर गर्छ ।
त्यसैले तत्काल नदेखिए पनि लामो समय काखमा ल्यापटप राख्दा सावधानी अपनाउनुपर्छ । यस्तै ल्यापटप धेरै तातिएको छ भने पनि त्यसको प्रयोगमा केही समय रोक्ने गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया