मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काँक्रो ताछेर खाने कि नतासी ?

गर्मीको मौसम सुरु भइसकेको छ । यसकारण शरीरलाई शीतल राख्न र शरीरमा पानीको पर्याप्त आपूर्तिका लागि हामीहरू कयौँ रसिला फलफूलहरू, खानेकुराहरू खान्छौँ । यसैमध्ये एक फल हो काँक्रो ।

काँक्रोमा प्रशस्त मात्रामा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, क्याल्सियम, आइरनलगायतका तत्त्वहरू पाइन्छ । यी सबैले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ । काँक्रोलाई धेरै मानिसले सलादका रूपमा खाने गर्छन् । तर, काँक्रो बोक्रा ताछेर खाने कि नखाने भन्ने प्रश्न प्रायः हामी सबैको मनमा आउँछ । 

हाम्रो स्वास्थ्यको लागि बोक्रा सहितको काँक्रो फाइदाजनक छ कि बोक्रा ताछेको ? 

काँक्रो बोक्रा नताछीकन त्यत्तिकै खाँदा हाम्रो शरीरले भिटामिन के, भिटामिन सी सहित धेरै खनिज र भिटामिनहरू पाउँछ ।

जब बोक्रा ताछिन्छ यसको पूरा फाइदा लिन सक्दैनौँ । ध्यान दिनु पर्ने कुरा चाहिँ के हो भने अर्ग्यानिक र सफा काँक्रो मात्रै बोक्रा नताछीकन खानुपर्छ ।

–काँक्रोलाई भण्डारण गर्दा यसमा अप्राकृतिक सिंथेटिक मैन लगाइएको हुन्छ । त्यसैले खानुअघि यसलाई राम्ररी धुनु आवश्यक हुन्छ । नत्र यसले स्वास्थ्यलाई नै हानि पुर्‍याउन सक्छ । काँक्रोलाई तातो पानीले धोएर खायौँ भने पनि हानिबाट बच्न सकिन्छ ।

–काँक्रोको बोक्रासहित खाँदा यसले छिट्टै तौल घटाउन मद्दत गर्छ । यसरी काँक्रो खाँदा शरीरमा दुई किसिमले काम गर्छ । सबैभन्दा पहिलो त काँक्रोको बोक्राले शरीरमा भएको विषाक्त पदार्थहरूलाई हटाउने अर्थात् डिटक्सिफिकेशनको काम गर्छ । यसले छिटो तौल घटाउन पनि मद्दत गर्छ ।

–काँक्रोलाई बोक्रासहित खाँदा कब्जियतको समस्याले सताउँदैन । दोस्रो, यसले हाइड्रेशनलाई कायम राख्न मद्दत गर्छ । जसले गर्दा मेटाबोलिक दर सही रहन्छ र कब्जियतको समस्या पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?