मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा के के समावेश गर्ने ?

यो गर्मी मौसम हो। यो मौसममा रोग प्रतिरोधात्मक क्षमता कम हुने र विभिन्न प्रकारका सङ्क्रमित रोगका साथै परजीवीको टोकाइबाट लाग्ने रोग लागि रहन्छन् । यी रोगबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनु निकै आवश्यक रहेको छ ।

चिकित्सकको भनाइअनुसार हामीले खानपानमा त्यस्ता खानेकुरा समावेश गर्नुपर्छ जुन खानेकुराले शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास होस् ।

रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिलै लड्न सक्ने चिकित्सकको भनाइ छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा के के समावेश गर्ने ?
रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्छ । के खाँदा रोग प्रतिरोधी क्षमता बढाउन सकिन्छ भन्ने विषयलाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ।

– कालो दालमा प्रचुर मात्रामा प्रोटिन हुने गर्छ । त्यसकारण कालो दाललाई राम्ररी पकाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

– फर्सीको बियाँमा म्याग्नेसियम, सेलेनियम, प्रोटिन र मिनिरल पाइन्छ । त्यसैले यसको सेवन निकै लाभदायक मानिन्छ ।

– पुदीनाको पातमा भिटामिन सी, क्याल्सियम र फस्फोरससमेत पाइन्छ । यसको सेवनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।

– पालकमा आइरन, भिटामिन र फाइबर पाइन्छ । यसलाई तरकारी, सुप, सलाद र जुसको रूपमा खाँदा यसले रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ ।

– हामीले जहिले खाना पकाउँदा धेरै प्रकारका तेलको प्रयोग गर्छौँ । त्यसको सट्टामा नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ ।

– नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरलाई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँछ ।

– पहेँलो एक कप मकैमा १५.६ ग्राम प्रोटिन हुने गर्दछ । साथै मकैमा प्रचुर मात्रामा फाइबर, मिनिरल र क्याल्सियम हुने गर्छ ।

– भुटेको मकैमा फाइबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको समेत समस्या हुँदैन ।

– माछामा प्रचुर मात्रामा प्रोटिन मिल्छ । अण्डामा प्रोटिन र पोषण पाइने हुँदा दिनैपिच्छे खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?