मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुकी र विन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो

काठमाडौँ – म्यानमारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति विन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै नेतालाई जेलमुक्त गर्ने निर्णय भएको सेनाले जनाएको छ ।

यद्यपी उनीहरुलाई कहाँ राखिएको भन्ने सेनाले बताएको छैन । म्यानमारमा गर्मीका कारण तापक्रम ३९ डिग्री पुगेको छ । यसै क्रममा आङ सानका वकिलले भेट्न कसैलाई पनि अनुमति नदिएको बताएका छन् ।

सेनाले म्यानमारमा १ फेब्रुअरी २०२१ मा विद्रोह गरेको थियो। यसपछि स्टेट काउन्सिलर आङ सान सुकी र राष्ट्रपति विन मिन्ट लगायत धेरै नेताहरु पक्राउ परेका थिए । त्यसयता उनीविरुद्ध दर्जन बढी मुद्दा परेका छन् । यस्ता कैयौं मुद्दामा उनी दोषी ठहर पनि भएका छन् । उनी हाल राजधानी नापितामा २७ वर्ष कैद भुक्तान गरिरहेकी छिन् । यसपछि सैन्य नेता जनरल मिन आङ ह्लिङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए । सेनाले देशमा २ वर्षे संकटकाल घोषणा गरेको थियो । तर, पछि बढाइएको थियो ।

नोभेम्बर २०२० मा म्यानमारमा आम चुनाव भएको थियो । जसमध्ये आङ सान सुकीको पार्टीले दुवै सदनमा ३ सय ९६ सिट जितेको थियो । नतिजा आएपछि सेनाले यसमा प्रश्न उठाउदै सेनाले सुकीको पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाएको थियो । चुनावी नतिजा आएपछि सरकार र सेनाबीच मतभेद सुरु भयो, त्यसपछि सेनाले ‘कू’ गर्यो ।

पीस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार सन् २०२१ मा म्यानमारमा भएको ‘कू’पछि सेनाले ६ हजार मानिसको हत्या गरेको छ । म्यानमारले पनि आफ्ना विरोधीहरूलाई निरन्तर मृत्युदण्ड दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?