मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण

गण्डकी – पोखरा महानगरपालिका-२८ स्थित अर्घौ मौलाकालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिएको छ । अर्घौ मौलाकालिका भगवती मन्दिर संरक्षण समितिले श्रीराम जयन्ती समेतको अवसर पारी आज मूर्ति समर्पण गरेको हो ।

समर्पण पूर्व मूर्तिलाई रथमा सजाएर भजनकीर्तनसहित कालिका, लेखनाथ र माझठाना लगायतका स्थानमा रथयात्रा गरिएको समितिका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक सरोज भण्डारीले जानकारी दिए ।

रथयात्रा मैदानहुँदै नरेशपुर, जलधारे, सिलिंगे, विजयपुर, कालिकाचोक, बुढीबजार, खरानेफाँट खोलाको डिल, बहिरा स्कुल, लेखनाथचोक, रिठ्ठेपानी कुमाल गाउँ, तालचोक, खुदी, बेगनासताल, शिशुवा शिवमन्दिर, आरुपाटा, सैरे, ठूलाकोट हुँदै कालिका मन्दिरसम्म पुगेको थियो ।

पोखरा महानगरपालिका वडा नं। २८ को संंरक्षकत्वमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा, धार्मिक व्यक्तित्व, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । विसंं १७७२ मा स्थापना भएको यो मन्दिर बेलाबेलामा जीर्णोद्धार गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?