मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दैनिक व्यायाम गर्नुहोस्, यी रोगहरूबाट जोगिनुस्

पछिल्लो समय मानिसहरुले आफ्ना अन्य कामहरुमा समय छुट्ट्ट्याए जसरी  व्यायाम गर्नका लागि पनि समय छुट्याउन थालेका छन् ।  वास्तवमै व्यायाम मानव शरीरको लागि निकै आवश्यक पनि छ । यदि तपाई निरोगी बन्न चाहनुहुन्छ भने व्यायामलाई आफ्नो दैनिकिमा समेट्न चिकित्सकहरु सुझाव दिन्छन् ।

व्यायाम गर्नुका फाइदा यस्ता छन्

–व्यायामले शारीरिक तौल सन्तुलित राख्न मद्दत पुर्‍याउँछ । नियमित रूपमा व्यायाम गर्दा मोटाघाटाहरूको तौल घट्ने र दुब्ला पातलाहरूको तौल बढ्दछ ।

–व्यायामले मुटु, रक्तनली तथा श्वासप्रश्वासका अङ्गहरूलाई स्वस्थ राख्न मदत पुर्‍याउँछ ।

–नियमित व्यायाम गर्दा रगतमा नराम्रो कोलेस्टेरोल घटेको र राम्रो कोलेस्टेरोल बढेको पाइएको छ, फलतः मुटु तथा रक्तनलीका रोगहरू लाग्ने जोखिम कम हुन जान्छ । उच्च रक्तचाप घटाउन र निम्न रक्तचाप बढाउन व्यायामले सहयोग पुर्‍याउँछ भने मधुमेह नियन्त्रणमा पनि व्यायामले अहम् भूमिका खेल्छ ।

–तनाव नियन्त्रणमा व्यायामको ठुलो हात छ । व्यायाम गरेरै चिन्ता, नैराश्य, भय र उदासीनताजस्ता मानसिक समस्याहरूमाथि लगाम लगाउन सकिन्छ । व्यायाम गरिसकेपछि मुड फ्रेस  हुन्छ, आत्मविश्वास र सिर्जनशीलता बढ्छ, स्मृति, लय, ध्यान र एकाग्रताजस्ता मानसिक प्रक्रियाहरू तन्दुरुस्त हुन्छन् । लामो समयसम्म व्यायाम गर्दा मस्तिष्कको संज्ञानात्मक क्षमतामा ह्रास हुन पाउँदैन ।

–मांसपेशी, अस्थिपञ्जर र स्नायु प्रणालीलाई मजबुत बनाउँदछ । रक्त शुद्धीकरण गराउँदछ । पाचन क्षमता बढाउँछ । अपच, अजीर्ण, अम्लपित्त ग्यास्ट्रिक, कब्जियतजस्ता समस्या निराकरण गर्न मदत पुर्‍याउँछ ।

–कुलतबाट छुटकारा पाउन पनि व्यायामले मद्दत पुग्छ ।

–व्यायाम गर्ने बानीले शारीरिक, मानसिक र यौन क्षमता समेत बढाउँछ ।

–क्यान्सर प्रतिरोधकता बढाउन पनि व्यायामले सहयोग पुग्दछ ।

–नसर्ने रोगहरूको रोकथाममा ठुलो टेवा पु¥याउँछ ।

–अनिद्राको समस्या भएकाहरूलाई विशेष लाभ  पुर्‍याउँछ ।

–चाँडै बुढो हुन दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?