मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के एआईको विकासले ग्राफिक्स डिजाइनिङका क्षेत्रमा प्रभाव पार्ला?

काठमाडौँ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ ।

यसै कारण ग्राफिक्स डिजाइनिङ सहित धेरै क्षेत्रका मानिसलाई कतै एआई टुलले चुनौती दिने हो कि भन्ने चिन्ता बढेको छ ।

एआईको विकास भएदेखि हालसम्म मात्रै ठूला भनिने प्रविधि कम्पनीहरुले धेरै क्षेत्रमा कर्मचारी कटौती गरिसकेका छन् भने कतिपय कम्पनीले हेरफेर गर्नसक्ने बताउँदै आएका छन् ।

यस्तो अवस्थामा आगामी दिनमा ग्राफिक्स डिजाइनरका लागि एआईले चुनौती थप्छ भन्ने चिन्ता हुनु स्वभाविक पनि हो ।

यस क्षेत्रमा कार्यरत कतिपय ग्राफिक्स डिजाइनरहरु एआई टुलमा अवसर र चुनौती दुवै देखिएको बताउने गर्छन् ।

कतिपय ग्राफिक्स डिजाइनरहरुले भने एआई टुल सहयोगी हुन सक्ने बताउँदै आएका छन् ।

अहिले नेपालमै पनि केही ब्रान्डले एआई जेनेरेट ग्राफिक्सलाई व्यावसायिक रुपमै प्रयोग गर्न थालेको देखिन्छ ।

हरेक ग्राफिक्स डिजाइनरको आफ्नै शैली हुन्छ, जुन एआई टुलबाट व्यवस्थापन गर्न नसकिने यस क्षेत्रका विज्ञहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?