मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय बजारमा आईपीओ खोल्दै विनोद चौधरी

जोयनेपाल
104
Shares
फाइल फाेटाे

काठमाडौँ– नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको कम्पनी सीजी ग्रुपले भारतमा पनि आईपीओ खोल्ने तयारी गरेको छ ।

भारतमा सीजी ग्रुपका विभिन्न उत्पादनहरुले राम्रै बजार पाइरहेका वेला कम्पनीले आईपीओ खोल्ने तयारी गरिरहेको हो ।

फोब्र्सका अनुसार विनोद चौधरी नेपालको एक मात्र अर्बपति हुन् । फोब्र्स रियल टाइम इन्डेक्सका अनुसार विनोद चौधरीसँग १.८ बिलियन डलर बराबरको सम्पत्ति छ ।

गुडगाव स्थित चौधरी ग्रुपको भारतीय फुड (खाद्य) युनिटले भारतीय शेयर बजारमा सन् २०२६ सम्म आईपीओ जारी गर्ने तयारी गरेको हो ।

उक्त कम्पनीले भारतीय बजारका लागि वाईवाई चाउचाउ उत्पादन गर्छ । वाईवाईले भारतमा नेस्ले लिमिटेडको म्याग्गी र आईटीसीको यिप्पी चाउचाउसँग प्रतिस्पर्धा गर्छ । चाउचाउ उत्पादन गर्ने सोही कम्पनी भारतीय शेयर बजारमा सूचीकृत हुने तयारीमा रहेको छ ।

सीजी फुड्स इन्डियाका ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीईओ) मानवेन्द्र शुक्लाले आउँदो दुई वर्षमा नयाँ उत्पादन बजारमा ल्याउँदै कम्पनी आईपीओ जारी गर्ने आकार पुग्ने बताए ।

वार्षिक ८ अर्ब भारतीय रुपैयाँ आम्दानी रहेको सीजी फुड्स इन्डियाको चाउचाउ बजारमा २८ प्रतिशत हिस्सा रहेको ब्लुमबर्गमा प्रकाशित एक समाचारमा उल्लेख छ ।

सन् १९८५ देखि नेपालमा उत्पादन सुरु भएको वाईवाई चाउचाउको बजार हिस्सा भारतमा तेस्रो स्थानमा रहेको बताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?