मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको भाउ फेरि बढ्यो, तोड्यो रेकर्ड

काठमाडौँ– सुनको भाउ आज मङ्गलवार पनि बढेको छ । मूल्य बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा १ हजार ७ सयले बढेको हो ।

आज (मङ्गलवार) छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय पुगेको छ । यो भनेको हालसम्मकै उच्च हो । सोमवार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५ सय थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको १ हजार ७ सय ५० कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?