मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसबूक मेसेन्जरमा नयाँ फिचर, अब पठाउन सकिनेछ एचडी क्वालिटीको तस्वीर

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुक मेसेन्जरबाट अब उच्च गुणस्तरीय तस्वीरहरू पठाउन सकिने भएको छ ।

यसअघि मेसेन्जरमा तस्वीर तथा भिडियो क्लिप पठाउँदा यसको गुणस्तर घट्ने गरेको भन्दै गुनासा सुनिने गरेका थिए । अझ कतिपय फाइल त अन्य माध्यमबाट पठाउनुपर्ने अवस्था थियो ।

फेसबूकले हालै नयाँ अपडेट गरेर अब एचडी क्वालिटीमा तस्वीर पठाउन सकिने सुविधा ल्याएको हो । ती तस्वीरहरु बढीमा एक सय एमबीसम्मको हुनुपर्ने पनि जनाइएको छ ।

रिपोर्टहरूका अनुसार तस्वीर मात्र नभएर एक सय एमबीसम्मका अन्य फाइल पनि अब म्यासेन्जरका माध्यमबाट सहजै पठाउने सकिनेछ ।

यो सङ्गै कम गुणस्तरका एसडी तस्वीर पठाउने विकल्प पनि कायमै रहने फेसबूकले जनाएको छ ।

यसका लागि मेसेन्जर च्याटमा पठाउनपर्ने तस्वीर छानेर च्याट बक्सभन्दा मुनि रहेको एचडी बटनमा ट्याप गरेपछि ‘सेन्ड’ अप्सनमा क्लिक गर्नुपर्छ ।

तर एकभन्दा धेरै एचडी तस्वीर एकसाथ पठाउनका लागि भने एल्वम नै बनाउनुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?