मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज देशभर चैते दशैँ मनाइँदै

काठमाडौँ– हिन्दू धर्मालम्बीको पर्व चैते दशैँ आज नेपालभर मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्ठमीका दिन यो पर्व मनाइँदै आएको छ ।

नवदुर्गाको पूजा आराधना गरी चैते दशैँ मनाइन्छ भने विभिन्न देवीका मन्दिरहरुमा भक्तजनले बली चढाउने र पूजा गर्ने गर्छन् ।

चैते दशैँमा अष्टमी न नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिएको संस्कृतिविदहरु बताउँछन् । आज देवीको पूजा गरी विभिन्न कोटमा बली चढाउने प्रचलन समेत रहिआएको छ । काठमाडौँ उपत्यकामा रहेका विभिन्न देवीका मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ भने हनुमानढोकामा बलीसहितको पूजा गर्ने गरिन्छ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका जेष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वास गरिँदै आएको छ । उनको जन्म भएको विश्वासका साथ रामनवमी मनाउँदै आएको पाइन्छ ।

वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुप देवीको आराधना गर्छन् ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?