मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अर्थमन्त्री पुन किन पुगे अमेरिका?

काठमाडौँ– अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् ।

मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीहरुले स्वागत गरे । भ्रमण दलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, सोही महाशाखाका उपसचिव कञ्चन बस्नेत लगायत छन् ।

अमेरिकामा रहँदा अर्थमन्त्री पुनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन तथा अन्तर्राष्ट्रिय वित्त निगमका वरिष्ठ अधिकारीका साथै अमेरिका चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले जोखिममा परेका मुलुकहरूको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?