मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगल क्रोममा आउने अनावश्यक भिडियो कसरी बन्द गर्ने ?

काठमाडौँ– गुगल क्रोम चलाउँदा चाहिने नचाहिने भिडियो आउँदा धेरै मानिसलाई दिक्क लाग्न सक्छ । गुगल क्रोममा यस्ता भिडियोहरू अटो प्ले हुने गर्दछन् ।

यस्ता भिडियोहरू आउन नदिने कुनै त्यस्तो फिचर गुगल क्रोममा छैन । बरु यसको साटो तपाईँले भिडिओ म्युट गर्न सक्नुहुन्छ । आज हामी तपाइलाई आफ्नो वेब ब्राउजरमा अटो प्ले भिडिओ रोक्ने उपायका बारेमा जानकारी दिँदै छौ । 

यसरी अफ गर्न सकिन्छ, गुगल क्रोममा आउने अनावश्यक भिडियो :

– सबैभन्दा पहिले गुगल क्रोम खोल्ने ।

– क्रोमको दायाँतर्फ रहेको तीन ओटा थोप्ला भएको बटनमा क्लिक गर्ने ।

– त्यहाँ रहेको प्राइभेसी एन्ड सेक्युरिटी विकल्प चयन गर्ने ।

– अव साइट सेटिङमा गई एडिसनल कन्टेन्ट सेटिङमा क्लिक गर्ने 

– र ‘डन्ट अलाउ साइट्स टु प्ले साउन्ड’लाई अन गर्ने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?