मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टस जितेर हङकङविरुद्ध बलिङ गर्दै नेपाल, १८ ओभरको खेल हुने

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेपछि १८-१८ ओभरको हुने भएको छ ।

ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।   योसँगै हङकङले पहिला ब्याटिङ गर्ने भएको छ ।  

समूह ए मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो ।

त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो ।

नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहोरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?