काठमाडौँ – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ थियो
त्यस्तै, तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया