मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कन्नड फिल्म निर्माता सौन्दर्या जगदिश मृत फेला

काठमाडौँ – कन्नड फिल्म निर्माता सौन्दर्या जगदिश आफ्नै घरमा मृत फेला परेका छन् । 

५५ वर्षीय उनी बेङ्लोरस्थित आफ्नै घरमा मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  उनले आइतबार बिहान ४ बजे आत्महत्या गरेको बताइएको छ ।

तर उनले  आत्महत्या गरेको जनाइएको भए पनि के कारणले आत्महत्या गरे भन्ने बारे केही खुलेको छैन। प्रहरीले घटनाको जाँच गरिरहेको छ। 

प्रहरीले उनी केही समयअघिबाट तनावमा रहेको र त्यसलाई कम गर्न औषधि सेवन गर्दै आइरहेको समेत जनाएको छ । त्यसमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

एक छोरा र छोरी रहेका उनी  ‘अप्पू पप्पू’ तथा ‘स्नेहितारु जस्ता सिनेमाका लागि परिचित थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?