मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब टावर बिनै सञ्चार गर्न सकिने चिनियाँ वैज्ञानिकहरूको दाबी 

काठमाडौँ– चिनियाँ वैज्ञानिकहरुले स्याटलाइट कम्युनिकेसनमा ठूलो सफलता हात पारेको दावि गरेका छन् ।

सेल टावर आवश्यक नपर्ने गरी मोबाइल सञ्चार सम्भव बनाउन उनीहरूले विश्वकै पहिलो स्याटलाइट क्षमता विकास गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् ।

मिडिया रिर्पोटका अनुसार, चिनियाँ सरकारले करिव १६ वर्षअघि सन् २००८ मा सुरु गरेको ‘तियान्टोङ’ परियोजना सफल भएको हो ।

विश्वव्यापी रूपमा पहुँचयोग्य स्याटलाइट कम्युनिकेसन सिस्टम विकास गर्ने उद्येश्य रहेको परियोजनामा महत्त्वपूर्ण प्रगति हासिल गरेको दावि चिनियाँ बैज्ञानिकहरुले गरेका छन् ।

यो परियोजना अन्तर्गत चीनले ३ ओटा उपग्रहको सफल प्रक्षेपण गरेको छ भने २०२४ मा अर्को स्याटलाइट सार्वजनिक गर्ने योजना रहेको बताइएको छ ।

स्याटलाइट नेटवर्कमा आधारित भएर चिनियाँ स्मार्टफोन निर्माता ह्वावेले गत सेप्टेम्बरमा स्याटलाइट कल सुविधा भएको विश्वकै पहिलो फोन पनि सार्वजनिक गरेको थियो ।

यससँगै चिनियाँ मोबाइल फोन प्रयोगकर्ताले सिग्नल नटिप्ने ठाउँहरूमा समेत स्याटलाइट नेटवर्कको माध्यमबाट फोन गर्न तथा टेक्स्ट पठाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?