मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइपिएलमा चेन्नईले मुम्बईलाई हरायो

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन मात्र बनाएको थियो ।

मुम्बईका लागि रोहित शर्माले १०५ रन बनाए पनि जित भने दिलाउन सकेनन् । त्यस्तै चेन्नईलाई जित दिलाउने क्रममा बलर मथीसा पाथिरानाले सर्वाधिक ४ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।

चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ६९, शिभम दुवेले ६६, रचिन रविन्द्रले २१ र महेन्द्र सिंह धोनीले ४ बलमा २० रन बनाएका थिए ।

यो जितपछि चेन्नईको ६ खेलमा ४ जितसहित ८ अङ्क भएको छ र अङ्कतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने यो चौथो हार हो । ६ खेलमा २ खेल जितेको मुम्बईको ४ अङ्क रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?