मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुदिनाको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक

काठमाडाैँ – पुदिनाको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । साथै, यसलाई दैनिक पिउनाले धेरै रोगबाट मुक्ति मिल्छ। गर्मीमा पुदिनाको पानीले पेटका समस्याबाट पनि राहत हुन्छ ।

पुदिनाको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । साथै, यसलाई दैनिक पिउनाले धेरै रोगबाट मुक्ति मिल्छ।पुदिनाको पानी हरेक दिन पिउनुपर्छ ।

यसमा फोलेट, क्याल्सियम, क्यारोटिन, म्याग्नेसियम, पोटासियम र भिटामिन सी पाइन्छ। यसले शरीर र पेट दुवैलाई चिसो राख्छ । तापक्रमबाट पनि बचाउँछ ।

गर्मीमा दैनिक १ गिलास पुदीना पानी पिउनुभयो भने छालामा चमक हुनुका साथै ऊर्जा पनि प्राप्त हुन्छ । पुदिनाको पानी पिएपछि थकानबाट मुक्ति मिल्छ । अनुहारमा चमक आउँछ र छाला चम्किलो हुन थाल्छ ।

पुदिनाको पानी पिउनाले पाचन प्रणालीमा सुधार ल्याउँछ र एसिडिटी, पेटको जलन, छातीको जलन र कब्जियतबाट पनि राहत मिल्छ।

पुदिनाको पानीमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टिफङ्गल गुण हुन्छ । यसलाई दैनिक पिउनु निकै फाइदाजनक हुन्छ । यसको प्रभाव चिसो छ।

दैनिक पुदिनाको पानी पिउनाले मेटाबोलिजममा सुधार हुन्छ । यसका साथै कपाल, छाला र पेटसँग सम्बन्धित सबै समस्या निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?