मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इजरायलमा रहेका नेपालीलाई दुताबासले भन्यो, अत्यावश्यक बाहेक घरबाहिर ननिस्किनु

काठमाडौँ – इरानले इजरायलमाथि आक्रमण शुरु गरेपछि तेलअभिभस्थित नेपाली दुताबासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।

दुताबासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ ।

साथै दुताबासले आवश्यक परेमा दुताबासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ । दूताबासले कुमार बहादुर श्रेष्ठ, द्वितीय सचिवलाई ०५२८२८९३०० मा र संजय कुमार साह, सहचारीलाई ०५४-५५८२०७७ मा सम्पर्क गर्न सकिने बताएको छ ।

इरानले इजरायलमा गएरातीदेखि आक्रमण शुरु गरेपछि सोमवार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक कृयाकलाप बन्द गरिएको छ भने ठूलो स्तरको सभा( भेला नगर्न निर्देशन जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?