मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किबोर्डमा हुने एफ की अर्थात् ‘क्विक फंक्सन कीले के के काम गर्छ ?

काठमाडौँ– तपाइले आफ्नो कम्प्युटर वा ल्यापटपको किर्बोडको माथिका बटनहरू याद गर्नुभएको छ, त्यहाँ एफ अक्षरको शृङ्खलाका बटनहरू एफ वान देखि एफ ट्वेल रहेका हुन्छन् । 

यी बटनलाई ‘क्विक फंक्सन की’ पनि भनिन्छ । माइक्रोसफ्टले जनाए अनुसार हिँडडुल गर्दै काम गर्नुपर्ने र आँखाको ज्योतिमा समस्या भएकाहरूका लागि सर्टकट की निकै उपयोगी हुन्छ ।

एप्पलका कम्प्युटरमा पनि एफ  फंक्सन हुन्छ । स्क्रिनको ब्राइटनेस मिलाउन वा आवाज घटबढ गराउनका लागि समेत एफ की को प्रयोग गर्न सकिन्छ ।

केही मानिसहरूलाई क्विक फंक्सन की ले गर्ने कामका बारेमा थाहा हुँदैन । आज हामी क्विक फंक्सन कीले गर्नै कामका बारेमा केही जानकारी दिँदै छौँ ।

एफ वान 

विन्डोजमा सिधै हेल्फ मेन्यू खोल्नका लागि एफ वा की थिच्नु पर्दछ । यसले एक्सेल तथा वर्ड, विन्डोज स्ट्रिपमा अप्सन मेन्यूलाई लुकाउने वा देखाउने काम पनि गर्दछ ।

एफ टु

यदि अल्ट प्लस कन्ट्रोल प्लस एफ अल्टर प्लस कन्ट्रोल प्लस एफ टु क्लिक गरेमा तपाईँको कम्प्युटरको स्क्रिनमा माइक्रोसफ्टको डकुमेन्ट लाइब्रेरी खुल्छ । यदि तपाईँ माइक्रोसफ्ट वर्डमा हुनुहुन्छ र कन्ट्रोल प्लस एफ टु थिच्नुभयो भने तपाईँ जुन फाइलमा काम गरिरहनुभएको छ त्यसको फ्रिन्ट प्रिभ्यू देखिन्छ । विन्डो एक्सप्लोररमा यसबाट तपाईंले कुनै फोल्डर वा फाइललाई रिनेम गर्न सक्नुहुन्छ । 

एफ थ्री 

विन्डोज एक्सप्लोरर, फायरफक्स तथा क्रोममा सर्च फंक्सन खोल्नका लागि एफ थ्री को प्रयोग हुन्छ । यस्तै यदि तपाइ सिफ्ट जस्तै एफ थ्री लाई पनि सँगै दबाउनुहुन्छ भने तपाइ ठूलो अक्षर तथा सानो अक्षरमा जान सक्नुहुन्छ । एप्पल म्याक मा मिसन कन्ट्रोललाई अफ वा अन गरेर तपाइँ सबै ओपन विन्डोज एकसाथ हेर्न सक्नुहुन्छ ।

एफ फोर

एफ फोरले तपाइको ब्राउजरमा एड्रेस बारमा क्रसर राख्न अनुमति दिन्छ । यस्तै अल्ट प्लस एफ फोरको प्रयोग गरी विन्डोज बन्द गर्न पनि सकिन्छ । यदि तपाईँ एप्पल प्रयोग गरिरहनुभएको छ भने एफ फोर की को प्रयोग गरि लन्चप्याडलाई अफ वा अन गर्न सक्नुहुन्छ । म्याकमा एप खोज्न वा खोल्नमा पनि यसको प्रयोग हुन्छ ।

एफ फाइभ 

एफ फाइभको प्रयोगले तपाइले वेब ब्राउजर तथा खोलिएको फोल्डरलाई अपडेट वा रिफ्रेस गर्न सकिन्छ । ब्राउजर अपडेट गर्नुका अलावा अस्थायी रुपले स्टोर भएका डाटा हटाउन पनि कन्ट्रोल प्लस एफ फाइभ थिच्न सकिन्छ । 

यस्तै तपाई पावर प्वाइन्ट प्रयोग गरिरहनुभएको छ र प्रिजेन्टेसन सुरु गर्न चाहनुहुन्छ भने पनि यो की को प्रयोग गर्न सकिन्छ । एफ फाइभको प्रयोग माइक्रोसफ्ट अफिसमा फाइन्ड एण्ड रिप्लेस अप्सन खोल्नका लागि समेत प्रयोग गरिन्छ । एप्पलमा भने एफ फाइभले लाइट इन्टेन्सिटी घटाउने काम गर्छ ।

एफ सिक्स

कन्ट्रोल प्लस सिफ्ट प्लस एफ सिक्स गरेर तपाइले सजिलैसँग वर्ड डक्युमेन्ट स्विच गर्न सक्नुहुन्छ । म्याकवुक चलाउनुहुन्छ भने एफ सिक्सको मद्दतले बटनहरूको लाइट इन्टेन्सिटी बढाउन पनि सकिन्छ । एप्पल कम्प्युटरमा वर्ड चलाउँदा यो की ले डकुमेन्ट, टास्कपेन, स्टेटस बार र मेनू बारमा स्वि चगर्न सहयोग गर्दछ ।

एफ सेभेन

यदि तपाई वर्ड डकुमेन्टमा हिज्जे तथा व्याकरण जाँच गर्न को लागि एफ सेभेनको प्रयोग गर्न सकिन्छ । म्याकमा भने स्पेलिंग र ग्रामर चेक गर्न यो कीको प्रयोग गरिन्छ । 

एफ एट

यदि विन्डोजमा काम गरिरहनुभएको छ भने एफ थिच्नाले सेफ मोड सुरु हुन्छ । यस्तै एक्सेलमा यो की थिच्दा एक्सटेनडेड मोड खुल्छ । एप्पलमा भने यो की लाई  आइट्युनमा गीत बजाउन तथा रोक्नका लागि प्रयोग गरिन्छ ।

एफ नाइन

एफ नाइनको प्रयोग कतिपय एप्लिकेसनमा इमेल प्राप्त गर्न वा पठाउनका लागि हुन्छ । यदि विन्डोज प्रयोग गर्नुहुन्छ भने खाली ठाउँमा इन्सर्ट गर्नका लागि कन्ट्रोल प्लस एफ नाइन को प्रयोग गर्न सकिन्छ । एप्पलमा सेलेक्टेड फिल्ड अपडेट गर्नका लागि यो की को प्रयोग हुन्छ । 

एफ टेन 

एफ टेनको प्रयोगले कुनै एप्लिकेसनको मेन्यू बार एक्टिभेट गराउन सकिन्छ । यसले फरक फरक ट्याबमा जाने अनुमति पनि दिन्छ । साथै विन्डोजमा कर्सर वा की सम्म जानसमेत यो की को प्रयोग गर्न सकिन्छ । एप्पल कम्प्युटरमा भने यसलाई विन्डोज मेक्सिमाइज गर्नमा म्याकमा अडियो बन्द गर्न तथा खोल्नका लागि प्रयोग गरिन्छ ।

एफ इलाभेन

कम्प्युटरमा फूल स्क्रिन मोडबाट बाहिर आउन वा त्यसमा जानका लागि एफ इलाभेनको प्रयोग गर्न सकिन्छ । एप्पलमा अडियो भोल्यूम कम गर्नका लागि यसको प्रयोग गर्न सकिन्छ । 

एफ ट्वेल्भ

वर्डमा सेभ एज अप्सन खोल्नका लागि यो की को प्रयोग गर्न सकिन्छ । यस्तै प्रिन्ट फंक्सन खोल्नका लागि कन्ट्रोल प्लस सिफ्ट प्लस एफ ट्वेल्भ थिच्न सकिन्छ । एप्पलमा भने यसको प्रयोग गरि तपाइले अडियो भोल्यूम बढाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?