काठमाडौँ – इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ ।
गएरातीदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो । यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ ।
सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो ।
इजरायली सेनाका अनुसार इरानले अहिलेसम्म १७० ड्रोन, ३० क्रुज मिसाइल, १२० ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको र ९९ प्रतिशतलाई आफ्नो एन्टी मिसाइल सिस्टमले आकाशमै ध्वस्त बनाएको जानकारी दिएको छ ।
इरानले इजरायलमा आक्रमण शुरु गरेपछि संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायतले इरानको आक्रमणको निन्दा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया