मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विद्यार्थीहरूका लागि एआई सुपर कम्प्युटर घोषणा

काठमाडौँ – विद्यार्थीहरूका लागि डिजाइन गरिएको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स९एआई० मा आधारित पहिलो सुपर कम्प्युटर घोषणा गरिएको छ ।

उक्त सुपर कम्प्युटरको घोषणा एनभिडिया र जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीले गत साता मात्रै गरेको भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् । 

सुरुमा, जर्जिया टेकका स्नातक विद्यार्थीहरूले मात्र उक्त कम्प्युटिङ क्लस्टर प्रयोग गर्न पाउने बताइएको छ ।

तर सन् २०२५ सम्म, अन्डरग्राजुएट र स्नातक तहका विद्यार्थीहरूमा यसको पहुँच पुग्ने जर्जिया टेकको स्कुल अफ इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङका अध्यक्ष अरिजित राय चौधरीले छ ।

यो सुपर कम्प्युटर एनभिडियाको इन्टरप्राइज एआई सफ्टवेयर र पेङ्गुइन समाधानहरूद्वारा विकसित ‘भर्चुअल गेटवे’ द्वारा सञ्चालित छ ।

जर्जिया टेकको सुपर कम्प्युटर २० एनभीडीया एचजीएक्स एच १०० प्रणालीहरूमा चल्ने बताइएको छ । 

सुपर कम्प्युटरलाई विद्यार्थीहरूले कम्प्युटर भिजन, ठूला भाषा मोडेलहरू, रोबोटिक्स, सप्लाई चेन म्यानेजमेन्ट, केमिकल वा बायोमेडिकल इन्जिनियरिङ, जेनेरेटिभ एआईसँग सम्बन्धित रचनात्मकता र डिजाइन कार्यहरू, र उनीहरूको मन पर्ने छुट्टै उद्यमशीलता उद्यमहरूका लागि प्रयोग गर्न सकिने जर्जिया टेकले सार्वजनिक गरेको  विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?