मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी बनाउने दमदार आवाज ?

तपाईं यदि रेडियोमा उद्घोषक बन्न चाहनु हुन्छ भने वा नयाँ ठाउँमा आफ्नो दबदबा बनाउन चाहनु हुन्छ भने भारी आवाजमा बोल्दा तपाईंका लागि सहयोगी बन्न सक्छ । कसरी आवाजलाई सुमधुर र बोल्ड बनाउने भन्ने विषयमा थुप्रै जानकारी छन् । यद्यपि, केही अध्ययनबाट के कुरा पत्ता लागेको छ भने श्वासलाई नियन्त्रणमा लिन सक्नु र यसमा कर पाउनु उत्तम उपाय देखिएको छ । आवाजलाई सुमधुर र भारी बनाउनका लागि अपनाउन सकिने केही उपायबारे जानकारी राखौँ ।

१. आवाजलाई प्रोजेक्ट गर्नु

क) सिसाको अगाडि उभिएर बोल्नुहोस्

सिँधै उभिनुहोस् र आफ्नो बोल्ने बानीको विकास गरिरहनुस् । तपाईं आफ्नो नाम आफैँ उच्चारण गरेर सुन्नुहोस् । यसका साथै तपाई कुनै पनि पुस्तक वा समाचार पत्रको केही पन्ना पढ्ने गर्नुहोस् । आफ्नो आवाजको भोल्युम, टोन, सास तथा विशेष गरी आवाजको पिचमा ध्यान दिनु होला ।

ख) गलालाई आराम दिनुहोस्

तपाईंले सामान्यभन्दा धिमा आवाजमा बोल्ने प्रयास गर्नु भयो भने आवाज बिचमा टुट्ने सम्भावना कम हुन्छ । गलालाई जति आराम दिन सक्नुहुन्छ, त्यति दिनुहोस् । जसले गर्दा तपाईको भोकल कर्डस कसिलो बन्न पाउँदैन ।

ग) वाचनको अभ्यास

आफुलाई मन पर्ने किताब वा लेखको कुनै पन्ना छान्नुहोस् । उक्त पन्नामा लेखिएका वाक्यहरुलाई बिस्तारै धिमा आवाजले पढ्ने प्रयास गर्नुहोस् । यदि तपाईंले छिटो छिटो पढ्नु भयो भने तपाईंले आफ्नो आवाजले शब्दहरुलाई टिप्न नसकेको र कमजोर महसुस गर्नु हुनेछ । पेटबाट श्वास लिँदै पढ्ने अभ्यास गर्नु भयो भने आवाजमा सुधार आउने छ ।

घ) गुनगुनाउने प्रयास गर्नुहोस्

गलाको भित्रबाट गुनगुनाउने अभ्यास गर्नुहोस् । यसो गर्दा तपाईंले ओठलाई खोल्नुहोस् र चिउडोलाई छातीको लेबलमा राखेर आवाजलाई सानो बनाउँदै लैजानुहोस् ।

तर आवाजलाई तिखो तरिकाबाट जबरजस्ती सफा गर्ने प्रयास नगर्नुहोला । यसले तपाईंको समयसँगै आवाज पनि बिग्रन सक्छ ।
तपाईंको आवाजमाथि दबाब हुने खालका आवाज ननिकाल्नु होला ।

तपाईंको आवाज चर्को खालको छ भने त्यसलाई परिवर्तन गर्ने प्रयास नगर्नुहोस् । अथवा आवाजमा दबाब पर्ने खालको आवाजको प्रयास नगर्नु होला ।

यस्तै धेरै चिसो पानी पिउनाले पनि तपाईंको स्वर नली कसिन्छ अर्थात बस्न सक्छ । जसले तपाईंको आवाज बिग्रन सक्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?