काठमाडौं- एसीसी प्रिमियर कपमा नेपालले कतारलाई २ सय ११ रनको लक्ष्य दिएको छ । ओमनमा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पूरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए ।
त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले समान ३ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया