मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गृहमन्त्री लामिछानेले यसरी मनाए नयाँ वर्ष

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीमा सुरक्षामा खटिएका प्रहरी, चालक र यात्रुहरूलाई मिठाई बाँडेर शुभकामना आदान प्रदान गरेका छन् । गृहमन्त्री लामिछानेले नागरिकका गुनासा सम्बोधन हुने गरि सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव पनि दिएका छन् ।

सो क्रममा उनले प्रहरीका गुनासा र समस्याहरूप्रति जानकार रहेको भन्दै प्याकेजमा नै समाधान गर्न छलफल गरेर काम गरिरहेको धारणा राखे । उनले नेताको चाकडी नभइ जनताको हितमा काम गरे संगठनमा बलियो रुपमा स्थापित हुन सक्ने बताए ।

त्यस्तै गृहमन्त्री लामिछानेले उपत्यकालाई २४ घण्टा नै चलायमान बनाउँदै आर्थिक अवस्था र रोजगारको सिर्जना गर्न सकिने उल्लेख गरे ।

२४ घण्टा नै व्यवसाय सञ्चालन गर्दा नियम र कानून कडाइका साथ पालना गराइने र नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?