मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनयसँगै रामायणको निर्माता बने यश

काठमाडौँ – केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् ।

उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो लामो समयदेखिको लक्ष्य भारतीय सिनेमालाई विश्व स्तरमा पुर्‍याउने फिल्म बनाउने रहेको बताए ।

यशले नमितसँग फिल्मको भिएफएक्सबारे छलफल गरेको बताए । नमितले यो चलचित्र निकै ठुलो बन्ने विश्वास व्यक्त गरे । नमित मल्टिपल एकेडेमी अवार्ड विजेता भिजुअल इफेक्ट कम्पनी डिएनइजीका ग्लोबल सीईओ पनि हुन् ।

यशले लस एन्जलसको भिएफएक्स स्टुडियो चलाउने व्यक्ति भारतीय (नमित मल्होत्रा) हो भन्ने थाहा पाउँदा निकै अचम्म लागेको बताए । यस फिल्मसँग नमित मल्होत्रा ​​पहिले नै जोडिएको खुलासा भएको छ ।

रामायणसँग यस अघि अभिनेताको रूपमा जोडिएको र अब फिल्ममा सह–निर्माताको जिम्मेवारी लिएको बताए ।

हालै रामायणको सुटिङसँग सम्बन्धित केही तस्वीरहरु भाइरल भएका छन् । तस्बिरमा अरुण गोविल रामको भूमिकामा देखिएका छन् । जहाँ लारा दत्त कैकेयीको भूमिकामा देखिएकी थिइन् ।

फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको छ । फिल्मको पहिलो शेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निभाएका बाल कलाकारहरू सुटिङमा देखिएका छन् ।

यसमा अभिनेता शिशिर शर्मा गुरु वशिष्ठको भूमिकामा देखिनेछन् । चाँडै रणवीर कपुरले पनि फिल्मको छायाङ्कन शुरु गर्नेछन् ।

यस फिल्ममा रणवीर भगवान रामको भूमिकामा देखिनेछन् । रणवीरले भगवान रामको अभिव्यक्ति र भाषा शैलीलाई राम्रोसँग फिल्म गर्न आवाज र डिक्शन तालिम लिइरहेका छन्।

साउथ अभिनेत्री साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । यसले यस फिल्ममा रावणको भूमिका निभाउने बताइएको भए पनि अहिलेसम्म स्पष्ट गरिएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?