म्याग्दी – म्याग्दीस्थित तातोपानी कुण्डमा नुहाउनेको भिड बढेको छ ।
अन्नपूर्ण पदयात्रा र मुस्ताङ मुक्तिनाथ दर्शनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरू तातोपानी कुण्डमा डुबेर जाने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको हो ।
समितिका अनुसार पछिल्लो समय लामो समयदेखि निको नभएको विभिन्न शारीरिक रोगहरू निको पार्नका साथै मनोरञ्जन तथा आरामका लागि कुण्डमा नुहाउन आउनेको भिड बढेको कुण्ड समितिकै सदस्य मिलन मगरले बताए ।
तातोपानी कुण्डभित्रको तापक्रम ४५ डिग्री सेल्सियस देखि ४८ डिग्री सेल्सियस रहेको छ भने बाहिरका धारा हरूमा ५० देखी ५३ डिग्री सेल्सियस, रहेको छ ।
यस तातोपानी कुण्डमा बिरे नुन र गन्धकको स्वाद रहेको तातोपानी निस्कन्छ। जुन यसमा आत्म प्राकृतिक एन्टीबायोटिक छ। जसका कारण एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्दैन ।
यस तातोपानी कुण्ड १२ महिना खुला रहन्छ,र कुण्डमा नुहाउने मानिसको चाप बढेपछि महिला र पुरुष को अलग अलग पालो छुट्टाइ नुहाउने व्यवस्था गरिन्छ र तातोपानी कुण्डको साइज २०फिट चौडाइ रहेको छ भने लम्बाइ ४० फिट रहेको छ यसको गहिराइ २.५ फिट रहेको छ यस कुण्डको क्षमता एक पटक ३५० देखि ४०० जनाले नुहाउन सकिनेछ।
यस कुण्डमा नुहाएपछि निको हुने रोग हरू
ग्यास्ट्रिक, युरिक एसिड,बाथ, ढाडको दुखाइ, घुडाको दुखाइ , जोर्नीको दुखाइ, छाला तथा नसा सम्बन्धी विभिन्न रोग हरू , सुनिएको , मर्किएको, बज्रिएको, मोटोपन तथा चिसो बाट हुने धेरै किसिमका रोगहरूको स्वास्थलाभ लिन सकिन्छ ।
बिमारीको प्रकृति र अवस्थाको आधारमा, मानिसहरू गर्मीको छेउमा स्नान गर्दछन् धेरै जसो हप्ता दिन देखि १० दिन सम्म नुहाउने गर्दछन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया