मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘स्काई फोर्स’ मा अक्षयको पारिश्रमिक १० दिनको ५० करोड

काठमाडौँ – अफर आएको फिल्म नछोड्ने नायकका रूपमा चिनिने अक्षयकुमार बलिउडमा सफल कलाकारमा पर्छन् । 

हालै रिलिज भएको ‘बडे मियाँ छोटे मियाँ’ले चर्चामा रहेका उनका फिल्म व्यावसायिक रूपमा खासै सफल नभए पनि उनको कामको चाप घटेको छैन । यसैबीच उनी वीर पहाडियाको डेब्यु फिल्म  ‘स्काई फोर्स’ को सुटिङ को तयारीमा छन् ।

उनी वायुसेना अफिसरको भूमिकामा देखिने वीरको प्रशिक्षकको भूमिकामा रहने छन् । सन् १९६५ को भारत–पाकिस्तान युद्धको वरिपरिमा बनेको कथा रहेको यो फिल्मको १० दिनको सुटिङका ​​लागि उनले ५० करोड भारु लिएको बताइएको छ। 

फिल्ममा अक्षय र वीरका अलावा सारा अली खान र निम्रत कौर पनि देखिनेछन्।

फिल्म यसै वर्षको अक्टोबर २ मा रिलिज हुन सक्ने बताइएको छ। गत वर्ष अक्टोबर २ मा गान्धी९शास्त्री जयन्तीमा निर्माण पक्षले यस फिल्मको टिजर सेयर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?