प्रदूषित वातावरण, जीवनशैली, खानपान र उमेरका कारण धेरै रोगहरू लाग्ने गर्छ । तर कतिपय रोग यस्ता पनि छन् जुन हामीलाई जन्मदेखि नै आमाबाबुका कारण लाग्ने गर्छ, त्यस्ता रोगलाई वंशाणुगत रोग भनिन्छ ।
हामीमध्ये धेरैलाई वंशाणुगत रोगबारे जानकारी हुँदैन त्यसैले त्यसप्रति लापरवाह हुन्छौँ । मानव शरीरमा लाखौँ कोषहरू छन् । यी कोशिकाहरूलाई नियन्त्रण गर्ने काम डिएनएले गर्छ ।
हाम्रो शरीरको डिएनएको एक भाग आमाबाट र अर्को भाग बुबाबाट प्राप्त हुन्छ । डिएनएमा हाम्रो वंशाणुगत कोड हुन्छ, जसको माध्यमबाट आमाबुबाको बानी र रोग बच्चासम्म पुग्छ ।
यसमा खराबीका कारण वंशाणुगत रोगहरू एक पुस्ताबाट अर्को पुस्तामा सर्ने गर्छ । आमा र बाबु दुवैको जिनमा रोग भएमा बच्चामा जन्मजात रोग हुन्छ । यदि आमाबाबुमध्ये एकको मात्र जिनमा दोष छ भने केही वर्षपछि वंशाणुगत रोगको लक्षण देखा पर्छ ।
यस्ता छन् वंशाणुगत कारणले लाग्ने रोग :
थैलासेमिया
थैलासेमिया वंशाणुगत रोग हो, जुन आमाबाबुबाट बच्चाहरूलाई सर्छ । चेतनाको कमीका कारण विश्वभर यस रोगबाट पीडित बालबालिकाको सङ्ख्या निरन्तर बढिरहेको छ । यो रगतसँग सम्बन्धित रोग हो । थैलासेमिया दुई प्रकारका हुन्छन्, थैलासेमिया मेजर र थैलासेमिया माइनर ।
बालबालिकाले एक जना आमाबाबुबाट मात्र क्षतिग्रस्त जिन पाएपछि थैलासेमिया माइनर हुन्छ । तर जब उसले आमा र बुबा दुवैबाट क्षतिग्रस्त जिनहरू प्राप्त गर्दछ, तब मेजर थैलासेमियाको सम्भावना बढी हुन्छ ।
डाउन सिन्ड्रोम
बच्चा आमा र बुबा दुवैको जिनबाट बनेको हुन्छ । बच्चाले आमा र बुबाबाट पनि क्रोमोजोमहरू प्राप्त गर्छ । यो रोग आमाको एउटा मात्र जिनमा भएमा बच्चामा सर्छ । क्रोमोजोमहरू प्रायः जोडीमा पाइन्छ ।
जब तिनीहरूको सङ्ख्या बढ्छ तब स्थिति असामान्य हुन्छ । डाउन सिन्ड्रोम तब हुन्छ जब त्यहाँ दुई जोडीको सट्टा तीन जोडी ट्राइसेमी २१, १८, १३ हुन्छ । अधिकांश अवस्थामा डाउन सिन्ड्रोम ट्राइसेमी २१ को कारणले हुन्छ ।
मधुमेह
शरीरमा धेरै प्रकारका ग्रन्थिहरू हुन्छन् जसले शरीरलाई विभिन्न प्रकारको पोषण प्रदान गर्न र शरीरलाई नचाहिने पदार्थहरू हटाउने काम गर्छ । यस्तै एउटा ग्रन्थि प्यान्क्रियाज हो । यस ग्रन्थीको काम इन्सुलिन बनाउनु हो, इन्सुलिनले शरीरका धमनीहरूबाट रगतमा पुर्याउने र रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने काम गर्छ ।
कहिलेकाहीँ यो ग्रन्थिले कुनै कारणले काम गर्न छोड्छ र इन्सुलिन उत्पादन बन्द हुन्छ । त्यसपछि हामीले खाने खानामा शरीरलाई चाहिनेभन्दा बढी चिनी भएमा त्यो हाम्रो रक्तकोमा मिसिन्छ र रगतमा चिनीको मात्रा बढ्न थाल्छ ।
यो वंशाणुगत रोग पनि हो, जुन एक पुस्तादेखि अर्को पुस्तामा सर्ने गर्छ । तथ्यांकअनुसार आमाको तुलनामा बुबालाई मधुमेह भएमा बच्चामा यसको जोखिम बढी हुन्छ । मधुमेहले हृदयघात, मिर्गौला फेल, पक्षघात, मानसिक तनाव, अनिद्रा र कलेजो फेलजस्ता समस्या निम्त्याउँछ ।
हेमोफिलिया
हेमोफिलिया पनि वंशाणुगत रोग हो, जुन सामान्यतया पुरुषहरूमा बढी पाइन्छ । यो रोगले रगत जम्न दिँदैन । हेमोफिलियाका बिरामीको रगतमा प्रोटिनको कमी हुन्छ, जसलाई क्लटिङ फ्याक्टर पनि भनिन्छ । यो रोगमा चोटपटक वा अन्य कारण रगत बगेमा सजिलै रोकिँदैन । बिना कारण नाकबाट रगत बग्छ ।
सिस्टिक फाइब्रोसिस
यो जिनमा हुने उत्परिवर्तनका कारण हुने वंशाणुगत रोग हो । जसकारण फोक्सोमा टाँसिने पदार्थ बन्न थाल्छ र त्यसपछि सास फेर्न गाह्रो हुन्छ ।
गर्भावस्थाको ११ औँ हप्तामा प्लेसेन्टा टिस्यु जाँच गरेर सिस्टिक फाइब्रोसिस पत्ता लगाउन सकिन्छ । यो गर्भावस्था को १६ औँ हप्तापछि अमिनोएसिडद्वारा पत्ता लगाउन सकिन्छ । गर्भावस्थामा आमाले आफ्नो बच्चालाई स्वस्थ राख्न परीक्षण गराउनुपर्छ ।
आँखा र छालासम्बन्धी रोग
आँखाको रोग पनि हाम्रो जिनसँग सम्बन्धित छ । जिन दोषका कारण मोतिया बिन्दु, नजिक नदेख्ने, टाढा नदेख्ने आदि रोग लाग्ने गर्छ । छालासम्बन्धी रोगहरूमा १०० भन्दा बढी वंशाणुगत रोग पहिचान भएका छन् । यसमा सोरायसिस, केराटिनाइजेसन, एक्जिमा, सेतो दाग र कालो दाग जस्ता रोग पर्छन् ।
थाइराइड
यो रोगमा पनि वंशाणुगत कारण समावेश हुन्छ । यो मानव शरीरमा पाइने इन्डोक्राइन ग्रन्थिहरूमध्ये एक हो । थाइराइड ग्रन्थि घाँटीको श्वासनलीको माथि र स्वरको दुवै छेउमा दुई भाग मिलेर बनेको हुन्छ ।
सामान्यतया थाइराइडको कुनै पनि लक्षण प्रारम्भिक चरणमा सजिलै पत्ता लाग्दैन किनभने घाँटीमा सानो गाँठो हुनुलाई सामान्य मानिन्छ । थाहा हुने बित्तिकै यसले भयानक रूप लिन्छ । थाइराइड छ कि छैन भनेर पत्ता लगाउन बच्चाको थाइराइड परीक्षण गराउनुपर्छ ।
महिलासम्बन्धी समस्या
महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, पीओएस जस्ता रोगहरू वंशाणुगत हुन्छन् । हाम्रो शरीर अङ्ग र तन्तुका कोशिकाहरू मिलेर बनेको हुन्छ र क्यान्सर यी कोशिकाहरूबाट हुने रोग हो ।
क्यान्सरमध्ये स्तन क्यान्सर आज विश्वभर एउटा यस्तो रोग हो, जसका कारण धेरै महिलाको मृत्यु भइरहेको छ । स्तन क्यान्सर महिलामा मात्र हुन्छ भन्ने धेरै मानिसलाई लाग्छ तर त्यस्तो होइन, यो पुरुषमा पनि हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया