मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुन:निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ ।

पुरातत्त्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो । यही वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुन निर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।

मन्दिरको मौलिकता कायम गरेर पुनर्निर्माण पूरा भएको उनले जानकारी दिए । तनहुँसुर धार्मिक पर्यटकीयस्थलका रूपमा क्रमशः विकास भइरहेको स्थानीयवासी सञ्जय श्रेष्ठ बताउछन् ।

यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा छन् । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको जनश्रुति छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदी खाना, गद्दी चौतारा, साउने कुवा, कुँडापानी, बाइस सिँढी चौतारी, ढुङ्गे साँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानी बगैँचा र भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?