मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो रहला आजको मौसम ?

काठमाडौँ –  अहिले कोशी, बागमती र मधेस  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रहको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको भने नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ।

 दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती,गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 राती भने सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?