मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वेल्स विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि रामचरणलाई

काठमाडौँ – साउथ अभिनेता राम चरणले वेल्स विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाउने भएका छन् । उनले शनिबार भोली (अप्रिल १३ मा ) चेन्नईको वेल्स विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि पाउन लागेका हुन् । सन् २००७ मा चिरुथाबाट रामले डेब्यु गरेदेखि नै उनले धेरै फिल्महरूमा आफ्नो अभिनयको प्रशंसा पाइसकेका छन्।

वर्षौंदेखि, उनले नन्दी पुरस्कार, फिल्मफेयर, दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार पाइसकेबा छन् । उनी आरआरआरु को लागि उत्कृष्ट अभिनेताको श्रेणीमा क्रिटिक्स च्वाइस अवार्डका लागि समेत मनोनीत भएका थिए ।

वेल्स विश्वविद्यालयले धेरै क्षेत्रहरूमा प्रसिद्ध व्यक्तित्वहरूलाई सम्मानित गरिसकेकाे छ यसैबिच रामचरणलाई भने मनोरञ्जन र व्यापारमा योगदान पुर्याएको भन्दै सम्मान गर्न लागिएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

राम पछिल्लो पटक एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा जुनियर एनटीआर र आलिया भट्टसँग देखिएका थिए। फिल्म स्वतन्त्रता सेनानी अल्लुरी सीतामाराजु र कोमराम भीमको कथामा आधारित थियो। एमएम कीरावानी र चन्द्रबोसले लेखेका ‘नातु नातु’ गीतले ओस्कार र गोल्डेन ग्लोब पनि जितेको थियो ।

उनी हाल शंकर निर्देशित ‘गेम चेन्जर’ को सुटिङमा व्यस्त छन्, जसमा कियारा आडवाणी, एसजे सूर्या, अञ्जली, सुनिल, नवीन चन्द्र मुख्य भूमिकामा छन् । फिल्म सेप्टेम्बरमा दशहरामा रिलिज हुनेछ, जसको आधिकारिक रिलिज मिति अझै घोषणा गरिएको छैन। उनले जान्हवी कपूरसँगको फिल्मलाई पनि स्वीकृति दिएका छन् । एआर रहमानको संगीत रहेको फिल्म छिट्टै फ्लोरमा जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?