मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केजीएफ स्टार यशले फिल्म रामायणमा रावणको भूमिका नगर्ने

काठमाडौँ – चलचित्र ‘रामायण’ को सुटिङ सुरु भएको छ, जसको झलक सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मको बारेमा हरेक दिन कुनै न कुनै अपडेट आउँछन् । फिल्ममा रावणको चरित्रलाई लिएर नयाँ अपडेट आएको छ । ‘केजीएफ’ स्टार यशले फिल्ममा रावणको भूमिका खेल्न अस्वीकार गरेका छन् ।

नितेश तिवारीको फिल्म ‘रामायण’ मा यशले रावणको भूमिका निभाउने तयारी गरेका थिए तर अब भारतीय सञ्चारमाध्यमका अनुसार यशले रावणको भूमिका निभाउन अस्वीकार गरेका छन् । यो भूमिकाका लागि अभिनेताले १५० करोड भारु लिएका थिए । अब यो भूमिका अस्वीकार गरेपछि उनले यति ठूलो रकम पनि गुमाए ।

यस फिल्ममा रणवीर कपुर श्रीरामको भूमिकामा र साई पल्लवी माता सीताको भूमिकामा देखिने भएका छन् । यसबाहेक अन्य केही पात्रका लागि कलाकारको नाम पनि सार्वजनिक भएको छ । यस फिल्ममा रावणको भूमिका निभाउनका लागि ‘केजीएफ’ स्टार यशको नाम आएको छ । यशले रावणको भूमिका निभाउन नसकेपछि फ्यानहरु निकै निरास भएका छन्।

रणवीर कपुरले फिल्म ‘रामायण’ मा रामको भूमिका निभाउन आफ्नो १००% योगदान दिइरहेका छन् । कडा व्यायाम र कसरतका केही तस्विर र भिडियोहरू पनि सामाजिक सञ्जालमा देखा परेका छन्। उनका ट्रेनरले एक भिडियो सेयर गरेका छन् जसमा रणवीरकी छोरी राहा पनि देखिएकी छिन् ।

यस ट्रेनरको भिडियोमा रणवीर निकै कडा ट्रेनिङ बाट गुज्रिरहेका छन् । रणवीरले कार्टव्हील, भारोत्तोलन, जगिङ, कोर एक्सरसाइज र स्विमिङ गरेको देखिन्छ। ट्रेनरले भिडियोको क्याप्सनमा आफू रणवीरसँग यो तालिमका लागि ग्रामीण क्षेत्रमा गएको बताएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?