काठमाडौँ – दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको आगामी फिल्म ‘पुष्पा द रुल’ अर्थात् ‘पुष्पा २’ अहिले चर्चाको विषय बनिरहेको छ ।
८ अप्रिलमा आएको यसको टिजरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिल्दा यसको निर्माणमा निर्माताहरुले पैसाको खोलो नै बगाएका छन् ।
प्राप्त समाचारहरूका अनुसार यसको ६ मिनेटको दृश्यका लागि ६० करोड भारतीय रुपैयाँ खर्च भएको छ । यो दृश्य खिच्न ३० दिन लागेको रिपोर्टहरूको दाबी छ ।
रिपोर्टहरूका अनुसार यो फिल्मको बजेट ५ सय करोड हो । यसको म्युजिक र हिन्दी स्याटलाइट राइट्स ‘टी सिरिज’लाई ६० करोडमा बेचिएको छ ।
त्यस्तै तेलेगु स्याटलाइट अधिकार ‘स्टार मा’ लाई बेचिएको छ भने यसको रकम खुलाइएको छैन । त्यस्तै डिजिटल राइट्स नेटफ्लिक्सलाई १ सय करोडमा बिक्री भएको बताइएको छ । यद्यपि यसबारे कुनै औपचारिक जानकारी निर्माता पक्षबाट आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया