काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनौत यतिबेला चुनावी प्रचारमा व्यस्त छिन् । यससँगै नायिका आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’लाई लिएर पनि चर्चामा रहेकी छिन् ।
राजनीतिमा प्रवेश गरेदेखि नै लगातार चर्चामा रहेकी उनले हालै नलिई विपक्षीलाई निशाना बनाएकी छिन् ।
मनालीमा चुनावी र्यालीमा हिमाचलको मंडी लोकसभा सीटबाट बीजेपी उम्मेदवार र अभिनेत्री कंगना रनौतले कांग्रेस नेता राहुल गान्धी र हिमाचलका पीडब्लूडी मन्त्री विक्रमादित्य सिंहको नाम नलिई कडा आलोचना गरेकी छिन् ।
कंगनाले जेठो पप्पु दिल्लीमा र कान्छो पप्पु हिमाचलमा बसेको बताइन् । कान्छो पप्पुले आफूलाई मासु खान्छिन् भनेको भन्दै आक्रोशित उनले यसको प्रमाण भए सार्वजनिक गर्न चुनौती समेत दिइन् ।
हालै विक्रमादित्य सिंहले गाईको मासु खाने कुरालाई लिएर भाजपा र कंगनामाथि कडा हमला गरेका थिए। कंगना ५ दिन पछि मुम्बईबाट फर्किए पछि अभिनेत्रीले मनालीमा यस्तो प्रतिक्रिया दिएकी हुन् ।
कंगनाले सार्वजनिक रूपमा आफूले यस्ता धेरै राजा र राजाका छोराहरूलाई भेटेको बताइन् ।
‘चलचित्र क्षेत्रमा पनि यस्ता धेरै व्यक्तिहरू भेटिएका छन् । जब मैले फिल्म उद्योगमा केटीहरू प्रयोग गर्ने मानिसहरू विरुद्ध आवाज उठाए, मलाई जेल हाल्ने प्रयास गरियो तर तिनीहरूले मलाई कुनै हानी गर्न सकेनन्। मैले मेरा फिल्मबाट नायकहरूलाई हटाएँ,’ उनले भनिन् । अहिले कंगनाको यो बयानको निकै चर्चा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया