मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरूख खानले मन्नतको बाहिर उभिएर दिए इदको शुभकामना

काठमाडौँ – अप्रिल ११ मा विश्वभर इद मनाइयो । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद अल फित्र मनाइन्छ। इद उल फित्रको अवसरमा मिठा परिकार र सेरा बनाउने चलन छ ।

यस दिन मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईदको शुभकामना दिन्छन्। यस दिन मानिसहरूले एकअर्कालाई सहयोग पनि दिन्छन्।

यस ईदमा शाहरुख खानले पनि आफ्ना फ्यानहरुलाई ईद दिएका थिए । हरेक पटक जस्तै यस पटक पनि बलिउडका बादशाह शाहरुख खानले आफ्ना फ्यानहरुलाई ईदको शुभकामना दिएका छन् ।

आफ्ना मनपर्ने कलाकारको एक झलक पाउन बिहानै देखि फ्यान मन्नतबाहिर उभिएका थिए । करिब ४ बजे शाहरुख आफ्नो कान्छो छोरासँग मन्नतको बालकनीमा पुगे ।

हरेक वर्ष झैं शाहरुख खानका फ्यानहरु उनको मुम्बईस्थित घर मन्नत बाहिर उनको एक झलक पाउन भेला भएका थिए । अभिनेताले सामाजिक सञ्जालमा यसको एक झलक शेयर गरेका छन् ।

शाहरुख खानले फ्यानसँग भेटेको भिडियो शेयर गर्दै बाहिर आएका सबैलाई ईद मुबारकको शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?